धनुषामा पालिका र निर्वाचन क्षेत्रीय नेतृत्व चयन गर्दै कांग्रेस

धनुषामा नेपाली कांग्रेसको पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन आज(आइतबार) भइरहेको छ। 

स्थगित गरिएको एक दिन नबित्दै निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले निर्वाचनको समय निर्धारण गरेपछि पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन सुरु भएको हो ।

यसअघि शुक्रवारमात्र निर्वाचन अधिकृत ज्ञवालीले मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएको पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति धनुषाको शनिबारको निर्णय अनुसार पालिका स्तरीय १४औं महाधिवेशन आज भरहेको अधिकृत ज्ञवालीले जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ११:२६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया