आजदेखि १२–१८ वर्ष उमेरका बालबालिकालाई फाइजरको खोप लगाइने

आजबाट नेपालमा कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप लगाइने भएको छ । यो खोप १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ । 

यो खोपका लागि काठमाडौं उपत्यकामा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र छानिएको छ ।   

यस्तै, प्रदेश–१ को मेची प्रादेशिक अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालबाट खोप लगाइने मन्त्रालयले जनाएको छ । 

प्रदेश २ मा गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट फाइजर–बायोएनटेक खोप लगाइने छ ।

बागमतीको चितवनको भरतपुरस्थित बीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थित धुलिखेल अस्पतालबाट यो खोप कार्यक्रम सञ्चालन गरिने छ । 

गण्डकीमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरी अस्पतालबाट खोप लगाउन पाइने छ । लुम्बिनीमा, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।



सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पताल तथा कर्णालीमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट फाइजर–बायोएनटेक खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
 



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ११:२६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया