माओवादीले छान्यो ललितपुरका सबै वडामा सर्वसम्मत नेतृत्व

नेकपा (माओवादी केन्द्र) ले ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । 

शनिबार भएको सवै वडाका अधिवेशनबाट वडाका सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिए । 

माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । शनिबार केही वडाबाहेक देशैभरका वडा अधिवेशन सम्पन्न भएको माओवादीले जनाएको छ । 

कतिपय स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने कतिपय स्थानमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको सो पार्टीले जनाएको छ । माओवादीले ११ मंसिरमा पालिका र २५ मंसिरमा प्रदेश स्तरीय सम्मेलन गर्दैछ । 

ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ । 

शनिबार भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले बताए । सबै वडामा निर्विरोध रूपमा नेतृत्व चयन भएको उनले बताए ।   





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ११:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया