सुदीपको 'एक वचन बोल्दैमा' उषा उप्रेती

'उडी जाने पन्छी' बोलको भिडियोको सफलता पश्चात गायक सुदीपकुमार थकालीले 'एक वचन बोल्दैमा' को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  

तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द,सङ्गीत रहेको छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।  

राम केसीले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा मोडलद्वय उषा उप्रेती र लोमुस शर्माबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।  

यसअघि गायक थकालीले 'रेलको धुवाँ', 'एउटै मुटु', 'ॐ शान्ति ॐ', बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।  





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १२:४५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया