नारायणकाजीको निवास पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

नारायणकाजी भेट्न विप्लव आइतबार बिहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका विप्लवले आज नारायणकाजीलाई भेटेका हुन् ।

भेटमा पार्टी एकता, आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन लगायत विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

विप्लवले सुरुमा माओवादीसँग कार्यगत एकता र गर्ने भविष्यमा पार्टी एकता गर्नेगरी अघि बढेका छन् । भेटमा विगतको जनयुद्ध, शान्ति सम्झौता र अन्य समसामयिक विषयमा पनि छलफल भएको श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार विप्लवलाई नारायणकाजीले अंकमाल गरेर स्वागत गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १३:०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया