शान्ति प्रक्रिया परामर्श र पारदर्शी तरिकाले टुङ्ग्याउन अमेरिकाको आग्रह

अमेरिकाले शान्ति प्रक्रियाका बाँकी काम संवैधानिक, पारदर्शी र परामर्शका आधारमा टुङ्ग्याउन नेपाललाई आग्रह गरेको छ ।  

तत्कालिन विद्रोही माओवादी र नेपाल सरकारबीच भएको वृहत शान्ति सम्झौता १५ वर्ष पुगेको अवसरमा काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल मार्फत उक्त आग्रह गरेको हो । 

‘संवैधानिक, पारदर्शी र परामर्शपूर्ण तरिकाले शान्ति प्रक्रिया सम्पन्न गर्ने हालको प्रयासलाई निरन्तरता दिन हामी प्रोत्साहन गर्छौं,’ दूतावासले आज ट्वीटर मार्फत भनेको छ । 

२०६३ मंसिर ५ गते माओवादी र सरकारबीच वृहत शान्ति सम्झौता भएको थियो । पन्ध्र वर्षअघि नेपालका शासक र राजनीतिक नेताहरू एक दशक लामो हिंसाको अन्त्य गरी नेपाललाई लोकतन्त्रको बाटोमा लैजान वृहत शान्ति सम्झौता मार्फत एक ठाउँमा आएको स्मरण दूतावासले गरेको छ । 

‘हामी मानव अधिकारको थप संरक्षण र मजबुत बनाउन तथा प्रजातन्त्रलाई बलियो बनाउने यात्रामा नेपाल र अन्य देशलाई हाम्रो सहयोग निरन्तर जारी रहने छ,’ दूतावासले भनेको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १५:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया