कांग्रेस महाधिवेशन : जनकपुरधाम नगर सभापतिमा साह निर्विरोध
फरकधार / ५ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापतिमा मनोज साह निर्विरोध निर्वाचित भएका छन् ।



कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत आइतबार साहलाई सभापतिमा सर्वसम्मत चयन गरिएको हो ।



अन्य पदमा सहमति हुन नसकेपछि सोमबार निर्वाचनको समय निर्धारण गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ । नेताहरूले भने सहमतिको प्रयास जारी राखेको बताइएको छ ।



पार्टीको जनकपुरधाम नगर उपसभापतिमा राकेशविक्रम साह, पंकज कुमार महतो, विक्रम यादव, दिनेश यादव र नरेश यादवलगायत पाँच जनाले उम्मेदवारी दिएका छन् ।



सचिवमा लालबाबु मिश्र, जितेन्द्र प्रसाद साह, निरज कुमार झा, लव कुमार झा र वीरेन्द्र कुमार यादवलगायत ६ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, सह–सचिवमा लक्ष्मी यादव, राकेश कुमार पाठक, ज्ञानेश्वर प्रसाद मण्डल, उपेन्द्र यादव, हरिनारायण यादव र दिपक कुमार ठाकुरले उम्मेदवारी दिएको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १७:३८:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया