शशांकलाई विश्वासमा लिएर अघि बढ्ने देउवाको रणनीति
छलफलका लागि डा. महत कोइराला निवासमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा. शशांक कोइरालासँग चुनावी छलफलका लागि सहमहामन्त्री प्रकाशशरण महतलाई उनको निवास पठाएका छन् । संस्थापन पक्षले पौडेल समूहका अन्य नेताभन्दा कोइरालासँग सहकार्य गर्न सहज हुने विश्वासका साथ उनीसँग छलफल सुरु गरेको हो । 

विभिन्न जिल्लामा विवाद भइरहँदा सभापति शेरबहादुर देउवा पक्षले महामन्त्री कोइरालालाई विश्वासमा लिएर अघि बढ्ने अभ्यास गरिरहेको छ । डडेलधुराको अधिवेशनलाई संस्थापनइतर पक्षले मान्यता नदिएका बेला महामन्त्री कोइरालाले भने अब पुनः चुनाव नहुने घोषणा गरिसकेका छन् ।

पछिल्ला दिनहरूमा पनि संस्थापनले पौडेल पक्षका अन्य नेतासँग कुरा गर्दा विवाद समाधान हुन समय लाग्ने निष्कर्षका साथ कोइरालासँग सहमति लिएर निर्वाचन समितिका काम अघि बढाइरहेको निर्वाचन समितिका सदस्यहरुले बताउँदै आएका छन् । 

अहिले कोइरालानिवासमा महामन्त्री र सहमहामन्त्रीबीच कांग्रेसका विवादित जिल्लाको विषयमा छलफल भइरहेको छ । विवादित बनेका सर्लाही, रौतहट तथा रसुवाको विवाद समाधानका विषयमा उनीहरुबीच छलफल चलिरहेको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १७:४०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया