जनतालाई कोरोनाविरुद्धको खोप अभाव हुँदैन : मन्त्री खतिवडा

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अब नेपालीलाई कोरोनाविरुद्धको खोपको अभाव नहुने बताएका छन् । हालम्म करिब २ करोड नेपालीले खोप पाइसकेको बताउँदै मन्त्री खतिवडाले अबको केही समयमा नै १२ वर्षमाथिका सबै नेपालीले खोप पाइसक्ने बताए ।

समाजवादी प्रेस संगठन मकवानपुरले आइतबार हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खतिवडाले हालसम्म ४० प्रतिशत नागरिकले पहिलो डोज र ३० प्रतिशतले दोस्रो दोज खोप पाइसकेको बताए । थप डेढ करोड डोज खोप सम्झौता भइसकेको उनले सुनाए ।

सबै थरी गरी करिब ६ करोड डोज खोप प्राप्त हुने पक्का भइसकेको भन्दै उनले १२ वर्षमाथिका सबैले खोप पाउने बताए । सरकारले काठमाडौंको वीर अस्पताल, सैनिक अस्पताल, टिचिङमा २४ सै घण्टा खोप प्रदान गरिरहेको भन्दै उनले बढी जनघनत्व रहेको काठमाडौंकै ५ ठाउँमा डेस्क स्थापना गरी नियमित जोकोहीलाई खोप प्रदान गरिरहिएको सुनाए ।

स्वास्थ्य क्षेत्रको विकासमा विभिन्न योजना ल्याइएको भन्दै खतिवडाले आवश्यक जग्गा खरिद गरेर डिपिआर गरेर आएमा स्थानीय तहलाई अस्पताल निर्माण गर्न बजेट दिइरहेको बताए । वडा वडामा पनि स्वास्थ्य चौकी बनाउन बजेट दिइने उनले बताए । छात्रवृत्तिमा पढेका डाक्टरले २ वर्ष अनिवार्य सेवा गर्नुपर्नेमा दूर दराजमा त्यस्ता करारका डाक्टर पठाइएको उनले सुनाए ।

सरकारले लागू गरेको स्वास्थ्य बिमाको उपचार राम्रो भएको तर, अस्पतालले भुक्तानी नपाएको गुनासो आइरहेको भन्दै त्यसबारे मन्त्रालयले चासो राखिरहेको बताए । समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिवकुमार काशीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १९:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया