मकवानपुरको हेटौँडा अस्पताललाई ‘ए ग्रेड’ को एम्बुलेन्स हस्तान्तरण गरिएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपाल भारत सहयोगमा आएको आइसीयु र मेडिकल विशेषज्ञ सहितको सुविधा भएको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
उनले हस्तान्तरण गर्दै भने ‘या सुरुवात मात्रै हो, हेटौंडा अस्पताललाई कसरी स्तरोन्नती गर्न सकिन्छ भन्ने विषयमा अस्पताल व्यवस्थापन समिति गम्भिर हुनुपर्छ । मन्त्रालयको तर्फबाट मैले सक्नेजती सहयोग उपलब्ध गराउँछु ।’
अस्पताललाई हस्तान्तरण गरिएको एम्बुलेन्समा आइसियू तथा बेडको सुविधा रहेको छ । सो एम्बुलेन्समा चिकित्सकहरुले विरामीहरुलाई आपतकालिन स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने छन् । कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, प्रदेश स्वास्थ्य निर्देशक महेश्वरमान श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।