गोलाप्रथामार्फत २१ वर्षीया पूजा महाधिवेशन प्रतिनिधि चयन

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि सोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाँल महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् ।

आइतबार भएको निर्वाचनमा महिला (खस–आर्य) कोटामा टंकीमाया बस्नेत र फुयाँल दुवैको समान ४०३ मत आएको थियो । निर्वाचन समितिले गोलाप्रथा गर्दा फुयाँल विजयी बनेकी छिन् ।

फुयाँल सानोठिमी क्याम्पस भक्तपुरकी स्ववियु सदस्य र नेपाल विद्यार्थी संघ सोलुखुम्बुकी कोषाध्यक्ष हुन् । सोलुखुम्बुको नेचासल्यानकी २१ वर्षीया फुयाँल जिल्लाकै कान्छी महाधिवेशन प्रतिनिधि बनेकी छिन् । 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २१:४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया