उपसचिव लिखित परीक्षाको नतिजा प्रकाशन

लोक सेवा आयोगले आइतबार उपसचिव लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । प्रशासन, परराष्ट्र र न्याय सेवाका लागि गत भदौमा लिइएको राजपत्रांकित द्वितीय श्रेणीको लिखितको परीक्षाफल प्रकाशित भएको हो । 

१३ जनाका लागि लिइएको लिखित परीक्षामा ९ सय ८५ जना सहभागी भएका थिए । तीमध्ये ४७ जना परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

प्रशासन सेवातर्फ खुला, महिला, आदिवासी जनजाति, मधेसी र दलित गरी ४७ जना लिखित परीक्षामा पास भएका हुन् । परराष्ट्र सेवातर्फ एक दलित पदका लागि भएको परी​क्षामा चारजना छनोट भएका छन् । सो पदका लागि १० जनाले परीक्षा दिएका थिए । 

न्यायतर्फ सरकारी वकिलका लागि खुला र आदिवासी जनजातिमा १७ जना सहभागी भएकोमा अन्तर्वार्ताका लागि ५ जना छनोट भएका छन् ।

न्याय, कानुनतर्फ एकजना आदिवासी जनजातिका लागि लिइएको एकजना मात्रै अन्तर्वार्ताका लागि छनोट भएका छन् । सो पदका लागि परीक्षामा तीनजना सहभागी थिए । 

न्याय सेवातर्फ नै न्यायमा खुला र महिला गरेर ५ जनाका लागि लिइएको परीक्षामा २२ जना सहभागी भएकोमा अन्तर्वार्ताका लागि ५ जना छनोट भएका छन् ।



छनौट भएका परी​क्षार्थीको अन्तर्वार्ता मंसिर २१ गतेदेखि २५ गतेसम्मका लागि तोकिएको लोक सेवा आयोगले जनाएको छ ।



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २२:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया