बैतडी जिप दुर्घटना अपडेट : ५ जनाको मृत्यु, २ को अवस्था गम्भीर

बैतडीको गोठालापानीनजिक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक (इन्सपेक्टर) दर्शन खड्काले सो जानकारी दिएका हुन् । 

खड्काकाका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका वडा नम्बर ६ का अन्दाजी ४८ वर्षका राजेन्द्रबहादुर चन्द, सोही ठाउँका अन्दाजी ३८ वर्षका धनबहादुर चन्द, अन्दाजी वर्ष ६५ का प्रेम चन्द, अन्दाजी ६५ वर्षका तारासिंह थापा र वर्ष ५८ का खेमसिंह कार्की रहेका छन्। 

जीपमा सवार ७ जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको अवस्था गम्भीर रहेको इन्सपेक्टर खड्काले बताए।

गम्भीर घाइते हुनेमा सोही नगरपालिकाका ५८ वर्षका हर्कबहादुर चन्द र जिपचालक डडेल्धुरा घर भएका ४० वर्षका दीपक माली रहेका छन्। दुईजनाको अवस्था चिन्ताजनक भएकाले अस्पताल पठाइएको इन्सेक्टर खड्काले बताए। 

बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सेरातर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो। 

जिप सडकबाट पाँच सय मिटर तल खसेको बताइएको छ। जिप कसरी दुर्घटना भएको भन्ने केही खुल्न नसकेको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २२:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया