एमाले महाधिवेशनः गोकुल बाँस्कोटाको भीम रावललाई व्यंग्य

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि अब चार दिन बाँकी छ । तर, अहिलेसम्म एमालेमा कसकसले कुन पदमा उम्मेदवारी दिँदै छन् भन्ने विषयमा खुलिसकेको छैन । 
औपचारिक रुपमा एमाले नेताहरु कमैले उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार दिउँसो एमाले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनमा अब उनी अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी मैदानमा अध्यक्ष पदका लागि होमिएका छन् । 

तर, यही विषयलाई ओलीनिकट एमाले नेता गोकुल बाँस्कोटाले व्यंग्य गरेका छन् । 

सामाजिक सन्जाल ट्विटरमा गोकुलले लेखेका छन्, ‘धेरै कमरेडहरु भटाभट उम्मेदवारी घोषणा गर्दै पो रेछन् त !’ अनि उनले थपेका छन्, ‘जे त होला म पनि गर्दिम कि जस्तो लाग्न थाल्यो बा ।’

बाँस्कोटाले यसपटक सचिवमा उम्मेदवारी दिने सम्भावना बढेको उनीनिकट नेताहरु बताउँछन् । तर, यसको लागि उनले औपचारिक घोषणा गरिसकेका छैनन् ।

याे पढ्न नछुटाउनुहाेस्-



अध्यक्षमा उम्मेदवारी दिने घोषणामा भीम रावलका दुई स्वार्थ, दुई सन्देश

 



  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार २२:३२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया