घरमै यी काम गरे मोटाउनु पर्दैन

अहिले काेराेनाका कारण लकडाउन छ, निषेधाज्ञा छ । अनि घरमै बस्नु पर्याे भन्ने चिन्ता पनि त पक्कै हाेला । फेरि ताैल बढ्ने चिन्ता पनि हाेला ।

कैयौं अनुसन्धानले दैनिक २ घण्टा घरको काम गर्नाले सजिलै क्यालोरी घटाउन सकिने कुरा प्रमाणित गरेका छन् । घरमा काम गर्दा फिट हुने भएपछि जिमको पैसा पनि बच्ने भयो । चार काम जसले सहजै तौल घटाउन सहयोग गर्छः


१. झाडु वा पुछा लगाउनु

दैनिक झाडु र पुछा लगाउनाले ३०० देखि ३५० क्यालोरी बर्न हुन्छ । यसले हात बलियो हुनुको साथै शरीरका अङ्ग पनि बलिया हुन्छन् । पुछा लगाउँदा घरिघरि झुक्ने हुनाले पेट र तिघ्रामा पनि असर पर्छ, यसले फिट हुन सहयोग गर्छ ।

 

२. माली काम 



माली काम गर्दा मांसपेशीको कार्यक्षमतामा बृद्धी हुन्छ । यसले जोर्नीमा लचिलोपना आउँछ । यदि दैनिक आधा घण्टा बगैचामा पानी हाल्ने वा गोडमेल गर्ने काम गर्नाले पेट, हात र कम्मरमा दवाव पर्छ । यसले लगभग ४०० क्यालोरी बर्न हुन्छ ।

 



३. बाथरुमको सरसफाई

यो काम गर्दा खुट्टा (पैताला), पेट वा कम्मरको वरिपरिको मांशपेशीले काम गर्छ । साथै हात वा काँधलाई बलियो बनाउने गर्छ । यो काम गर्नाले करिब २०० क्यालोरी बर्न हुन्छ ।

 

४. कपडा धुनु

वासिङ मेसिनमा कपडा धुनुभन्दा हातले कपडा धुनाले शरीरलाई फाइदा हुन्छ । कपडा धुँदा शरीरको सम्पूर्ण अङ्गको एक्सरसाइज हुन्छ । एक घण्टा कपडा धुँदा लगभग १३० देखि १५० क्यालोरी बर्न हुन जान्छ । यसले शरीरलाई फिट राख्न मद्दत गर्दछ ।

  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ९:१७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया