आजको मौसम : पहाडी भागमा आंशिक बदली, बाँकी स्थानमा सफा

आज देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

आज दिउँसो प्रदेश– १ लगायत अन्य पहाडी भूभागहरूमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश–१, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रदेश–१, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ६:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया