ला लिगा : सहज जित निकाल्दै रियल शीर्ष स्थानमा

स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा रियलले १० खेलाडीमा सीमित घरेलु टाेली ग्रानाडालाई ४-१ ले हराएको हो ।

खेलकाे १९औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा नाचोले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

३४ औं मिनेटमा ग्रानाडाका लुइस सुआरेजले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।

५६ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियलला‌ई ३-१ को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा मोन्चुले रातो कार्ड पाएपछि ग्रानाडा १० खेलाडीमा सीमित बन्याे ।

७६ औं मिनेटमा फेर्लाण्ड मेन्डीले गोल गर्दै रियललाई सहज जित दिलाए । 



जितसँगै रियल १३ खेलबाट ३० अंक जाेड्दै लिगकाे शीर्ष स्थानमा उक्लिदा समान खेलमा ११ अंकका साथ ग्रानाडा १७‌औं स्थानमा छ ।



  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ७:१९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया