प्रिमियर लिगमा म्यान्चेस्टर सिटीकाे सहज जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारकाे खेलमा घरेलु टाेली म्यानचेस्टर सिटीले  एभर्टनमाथि ३-० काे सहज जित हात पारेकाे छ ।

इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ, रोड्री र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।

खेलको ४४ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलकाे ५५ औं मिनेटमा रोड्रीले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

८६ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले सहज जित निकाल्याे । जितसँगै १२ खेलमा २६ अंक जाेड्दै सिटी दाेस्राे स्थानमा उक्लिदा एभर्टन समान खेलमा १५ अंकका साथ ११ औं स्थानमा छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ७:३२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया