नेपालले हङकङको  सामना गर्दै

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले साेमबार हङकङको सामना गर्दैछ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा हुने याे खेल नेपाली अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, हङकङविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन । हङकङ पनि नेपाललाई स्तब्ध बनाउने योजनामा हुनेछ ।

पछिल्लोपटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो।

विश्वकप छनोट अन्तर्गत नै बैककमा भएको खेलमा नेपालले ४ विकेटकाे जित हात परेकाे थियाे ।

छनोटमा ६ टिम सहभागी छन् । यसकाे विजेता टाेलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ८:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया