जाजरकोटमा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

जाजरकोट जिल्लामा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन गरेको छ । जिल्ला सभापतिदेखि अन्य पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

कांग्रेसको जिल्ला सभापतिमा बेदराज सिंह, उपसभापतिमा रत्नबहादुर खड्का, खड्क बिसी, सचिवमा तेजविक्रम शाह, हरिचन्द्र बस्नेत, सहसचिवमा छवि पन्त, खड्का बुढा पजारु सर्वसम्मत चयन भएका छन् । 

प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा ‍‌क मा लिलाबहादुर शाह र ख मा जनक शर्मा न्यौपाने चयन भएका छन् । 

महाधिवेशन प्रतिनिधिमा राजीवविक्रम शाह, दीपक जंग शाह, सनतकुमार कार्की, इलमबहादुर शाही, महेन्द्रबहादुर शाहलगायत २४ जना चयन भएका हुन् ।
 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ९:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया