अमेरिकामा भीडमा कार कुदाउँदा २० जना घाइते

अमेरिकाको विस्कन्सिन राज्यमा एउटा तीव्र गतिको कार भीडमा कुदाउदा २० जना घाइते भएका छन् । 

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा एउटा रातो रंगको स्पोर्टस् कार देखिएको छ । जुन कार विस्कन्सिनको भौकेशा शहरमा लागेको क्रिसमस परेडमा घुसेको देखिन्छ । 

त्यहाँका प्रहरी प्रमुख थम्पसनले घाइते हुनेमा केही बालबालिका समेत रहेको जनाएका छन् । उनले घटनामा केही व्यक्ति मारिएका भएपनि परिवारका सदस्यलाई नभनेसम्म सञ्चारमाध्यमलाई जानकारी नदिइने बताए । 

यो घटनामा सामेल रहेका एक व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ । तर उनको बारेमा थप विवरण दिइएको छैन । 
 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १०:२२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया