तालिबान सरकारले अफगान महिलालाई लगायाे टेलिभिजन नाटकमा राेक
सांकेतिक तस्बीर

अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो। महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने वस्त्र लगाउन निर्देशन समेत दिइएको छ । 

अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठवटा नयाँ नियम छन् । जसअनुसार मुसलमानहरूको मूल्य र मान्यताविपरित वा शारिया सिद्धान्तविरोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रोक लगाइएको छ ।

मुस्लिम धर्म वा आमअफगानिका लागि अपमानित हुने हास्य तथा रमाइला कार्यक्रममाथि पनि प्रतिबन्ध लगाइएको छ । विदेशी सांस्कृतिक मूल्य र मान्यता प्रवर्द्धन हुने चलचित्रलाई प्रतिबन्ध लगाउन तालिबानले जोड दिँदै आएको छ । 

अफगान टेलिभिजन च्यानलहरूले प्रायः विदेशी नाटक प्रसारण गर्छन् । ती नाटकहरूमा अफगान महिलाहरू मुख्य भूमिकामा देखिन्छन् । 

अफगानिस्तानको पत्रकारहरूको संगठनका सदस्य हुजातुल्लाह मुजाडेडीले नयाँ प्रतिबन्ध अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । उनले तालिबानले ल्याएका कतिपय नियम अव्यावहारिक भएको र त्यसलाई कार्यान्वयन गरिएमा प्रसारण माध्यम नै बन्द हुने बताएका छन् । 

यसअघि तालिबानले महिलालाई विद्यालय जान रोक लगाएको थियो । देशको आधाभन्दा बढी जनसंख्यालाई विद्यालयमा प्रतिबन्ध लगाउने अफगानिस्तान विश्वकै पहिलो देश हो । 



सत्ता सम्हालेपछि तालिबानले राजधानी काबुलस्थित महानगरका कर्मचारीलाई बेतलबी बिदामा घरमै बस्न आदेश दिएको छ । 



  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १०:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया