ताेडियाे चीन र लिथुआनियाबीचकाे सम्बन्ध

चीनले लिथुआनियासँगको कूटनीतिक सम्बन्ध तोडेको छ । राजधानी भिलनिअसमा ताइवनलाई दूतावास खोल्ने अनुमति दिएपछि चीनले लिथुआनियासँगको सम्बन्ध तोडेको हो । ताइवानलाई चीनले आफ्नो एउटा अभिन्न प्रान्तको रूपमा व्यवहार गर्दै आएको छ । यद्यपि ताइवानले आफूलाई सार्वभौम सम्पन्न देश ठान्छ । 

आफ्नो अभिन्न अंश भएकोले ताइवानसँग कूटनीतिक सम्बन्ध स्थापित नगर्न बेइजिङले विभिन्न देशलाई दबाब दिँदै आएको छ । ताइवानलाई दूतावास खोल्न अनुमति दिएपछि लिथुआनियासँग क्रुद्ध बनेको चीनले यसअघि नै आफ्ना राजदूत फिर्ता बोलाएको थियो ।

ताइवानले बिहीबार मात्र लिथुआनियामा आफ्नो सम्पर्क कार्यालय खोलेको थियो । युरोप र अमेरिकामा खोलिएका ताइवानका अन्य कार्यालयले राजधानी सहर ताइपेयको नाम उल्लेख गरेपछि बेइजिङ रुष्ट छ । 

ताइवानले जुनसुकै देशसँग सम्बन्ध स्थापित गरे पनि उ चीनको अभिन्न अंश हो भन्ने कुरा बिर्सन नहुने बेइजिङले ताइवानलाई सचेत गराउँदै आएको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ११:५४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया