पहिलो प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो ।

प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी ४ प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर सरकारी प्रतिष्पर्धा हुनेछ । 

प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । 

प्रतियोगिताका सबै खेलहरू आर्मी अफिसर्स क्लब तथा दशरथ रंगशालाकाे कोर्टमा सञ्चालन हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरू कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना गरेर खेलाइने नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । खुलातर्फ विजयी एकल पुरुष र महिलाले  समान ५०-५० हजार रुपैयाँ धनराशिको पुरस्कार पाउनेछन् भने डबल महिला र पुरुषतर्फ ४० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

त्यस्तै भेट्रानतर्फ एकलले ३० हजार रुपैयाँ, डबलले २५ हजार रुपैयाँ र अन्तर सरकारी तर्फको बिजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता आउँदो मंसिर २७ देखि पौष ५ गतेसम्म हुनेछ ।  
 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १२:२७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया