नेपालले दियो हङकङलाई १०५ रनको लक्ष्य
फाइल फाेटाे

आइसिसी महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत जारी खेलमा नेपालले हङकङ सामु १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  
युएईको दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनायो ।

नेपालका लागि सीता रानमगरले ५८ बलको सामना गर्दै ४ चौकाको मदतमा अविजित ४० रनको योगदान दिइन् ।
  
इन्दु वर्माले ३१ तथा काजल श्रेष्ठले ४ रन जोड्दा कविता कुँवर बिना कुनै रन पेभिलियन फर्किइन् ।
 
हङकङका लागि चान का म्यान र का यिङ चानले १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

६ टोली सम्मिलित यस प्रतियोगिताको विजेताले २०२२ मा हुने महिला टि-२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । 
 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १२:४५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया