मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

आजबाट ‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को नवौं संस्करण सुरु भएको छ । ४ दिनसम्म चल्ने महोत्सवको समापन मसिंर ९ गते हुनेछ । महोत्सव मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको हो ।

महोत्सवमा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्म गरी २४ देशका ४२ चलचित्र प्रदर्शन हुनेछन् । 

महोत्सवमा चलचित्र देखाएपछि ‘मानव अधिकार र न्यायका लागि वातावरण’, मानव अधिकारमा कोडिभ-१९ को प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिकालगायत विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवा समूहलगायतसँग अन्तर्क्रिया गरिनेछ ।

महोत्सवमा ओटिटी प्लेटफर्ममा नेपाली सिनेमा कसरी पुर्‍याउन सकिन्छ भन्नेबारे मास्टरक्लासको पनि आयोजना हुने भएको छ । महोत्सवमा अन्तर्राष्ट्रिय विधाका चलचित्र प्रदर्शन मात्रै गरिने छ ।

नेपाली चलचित्र भने प्रतिस्पर्धामा सहभागी हुनेछन् । प्रतियोगितामा समावेश भएका चलचित्रबाट उत्कृष्ट फिक्सन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनौट गरी पुरस्कार घोषणा गरिनेछ ।

आशा मगराती, मनोजबाबु पन्त र लुना रञ्जितले महोत्सवमा प्रतियोगी चलचित्रको उत्कृष्ठ छान्नेछन । महोत्सवमा सहभागी चलचित्र अनलाइन मुभी डटकममा हेर्न सकिन्छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १२:४९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया