नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले अहिले आफ्नो पार्टीमाथि प्रहार गर्ने काम भइरहेको बताएका छन् ।
एमालेको दसौं महाधिवेशनको सन्दर्भमा बुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले अहिले जनताको जनादेशलाई स्थापित गर्न नदिएर पाँच दलको गठबन्धनले पार्टीमाथि आक्रमण भइरहेको बताएका छन् ।
उनले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई परामदेश भएको बताएका छन् । उनले अहिलेको सन्दर्भमा पार्टीमाथि आक्रमण भए पनि आफूहरुले अब अगाडि बढेर देखाउने पनि बताएका छन् ।
‘नेकपा एमाले संकटबाट गुज्रिएको छ भनेर ठानिएको पार्टी थियो,’ उनले भनेका छन्, ‘धेरैले यो विश्वास गरेका थिएनन् तर हामीले सामथ्र्य प्रदर्शन गरेका छौँ, हामीले केही गरेर देखाएका छौँ ।’
उनले नेकपा एमालेले गरेको विधान महाधिवेशनले नै धेरैलाई आश्चर्यमा पारेको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।