विश्वकप एसिया छनाेट : नेपाल हङकङसँग ६ विकेटले पराजित
फाइल फाेटाे

आइसिसी टि-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍याे ।

हङकङकाे जितमा मारिको हिलले ४२ बलकाे सामना गर्दै ४ चाैका प्रहार गरी अविजित ४४ रन जाेडिन् ।  नतासा माइल्सले १६ रन, केरी चानले १७ रन र इमा लाइले नटआउट १३ रनको योगदान दिए। 

नेपालका लागि कविता कुँवर, सीता रानामगर र सबनम राईले १-१ विकेट लिए।

त्यसअघि युएईको दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनायो ।

नेपालका लागि सीता रानमगरले ५८ बलको सामना गर्दै ४ चौकाको मदतमा अविजित ४० रनको योगदान दिइन् ।
  
इन्दु वर्माले ३१ तथा काजल श्रेष्ठले ४ रन जोड्दा कविता कुँवर बिना कुनै रन पेभिलियन फर्किइन्। 
 
हङकङका लागि चान का म्यान र का यिङ चानले १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

६ टोली सम्मिलित यस प्रतियोगिताको विजेताले २०२२ मा हुने महिला टि-२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । 



छनोटअघि नेपालले कतारसँग ३ खेलको टि-२० सिरिज आफ्नाे पाेल्टामा पारेकाे थियाे ।



  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १४:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया