बराबरीमा राेकियाे त्रिभुवन र पुलिसबीचकाे खेल

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस १-१ काे बराबरीमा राेकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (साेमबार) भएको पहिलो खेलमा आर्मी र पुलिस बराबरीमा राेकिएका हुन् ।

खेलको ५१औं मिनेटमा सन्तोष हेमरामले गोल गरी पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तेज तामाङको फ्रिकिकमा उनले हेडरमार्फत् गोल गरेका हुन् ।

खेलको ६१औं मिनेटमा विवेक बस्नेतले पुलिसविरुद्ध गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। 

खेलको ८७औं मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गरेपनि उनकाे गाेलले मान्यता पाएन । उनी अफसाइड रहेकाले उनकाे गाेलले मान्यता नपाएकाे हाे ।

 पछि कुनै पनि टिमले गाेल गर्न सकेनन् । खेल बराबरीमा टुंगिएसँगै दुवै टाेलीले समान १-१ अंक जाेडेका छन् ।



आर्मीका सेसेहाङ म्यान अफ दि म्याच चुनिएका छन् ।



  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १५:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया