राउतजीले संविधानलाई कागजकाे खाेस्टाे बनाइदिनु भएकाे छ : नेतृ यादव

सरकार विस्तार भएको एक दिन नबित्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा प्रदेश सभा सदस्य मञ्जु यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतप्रति आक्रोश व्यक्त गरेकी छन् । 

नेतृ यादवले मुख्यमन्त्री राउत नेतृत्वको वर्तमान सरकारमा एक जना पनि महिलालाई सहभागी नगराउनु लज्जास्पद विषय रहेको भन्दै आक्राेश व्यक्त गरेकी हुन् ।

उनले मुख्यमन्त्री राउतले संविधानलाई कागजको खोस्टो बनाएको आरोप समेत लगाएकी छन् ।

सामाजिक सञ्जालमा यादवले लेखेकी छन्,‘जुन संविधानको आधारमा लालबाबु राउतजी मुख्यमन्त्री बन्नु भएको छ । त्यहीँ संविधानलाई कागजको खोस्टो बनाइदिनु भएको छ । वहाँको क्याबिनेटमा महिला नहुनु लज्जाको विषय हो कि होइन?’

नेतृ यादवले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सवै सरोकारवालासँग आफ्नो यो प्रश्न रहेको बताएकी छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १५:४०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया