खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्दछ : अध्यक्ष पाैडेल

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

सम्मेलनमा महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरूलाई गर्व गर्न सक्ने स्थिति सिर्जना गर्ने बताए । 

पेट खाली राखेर खेलाडीहरूले खेल्न नसक्ने भन्दै उनले सम्मेलनले कुन खेलको विकास कसरी गर्ने, खेललाई कसरी औद्योगीकरण गर्ने, व्यवसायीकरण गर्ने र खेललाई कसरी पर्यटनको क्षेत्रसँग जोड्ने भन्ने कुरामा जोड दिएकाे बताए ।

अध्यक्ष पौडेलले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्ने कुरा सम्मेलनमा छलफल भएको पनि बताए ।

अध्यक्ष पौडेलले भने, ‘नेपालका खेलाडीहरूलाई गर्व गर्न सक्ने स्थिति बनाउँछौं । नेपाललाई खेलकुदको माध्यमद्वारा माथि उठाउन चाहन्छौं । त्यसका लागि यो खेल नीति सम्मेलन, यो ऐनको बारेमा मात्रै छलफल गरिरहेका छैनौं । सरकारले ऐन जारी गरेकाे एक वर्ष पुगेको छ । ४ वर्षपछि फेरि पुनरावलाेकन गरौँला । हामी सम्पूर्ण खेल खेल नीतिको कुरा गरिरहेका छौं । कुन खेलमा कसरी विकास गर्न सकिन्छ, र खेललाई कसरी औद्योगीकरण गर्ने भन्ने बारेमा पनि हामी केन्द्रिकृत छाैं । खेलकुद विश्वविद्यालय तत्काल स्थापन गर्न पहल गरिरहेका छौं ।’



अध्यक्ष पौडेलले नेपालको खेलकुदको स्तर वृद्धिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।



  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १७:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया