यु–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

नेपाल क्रिकेट (संघ) क्यानले मंगलबारबाट सुरु हुने पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सर्वाजनिक गरेको छ । 

मंसिर १९ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिन कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले बागमती प्रदेशको समान गर्नेछ । 

सोही दिन मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । दुवै खेल विहान ९ बजेबाट सुरु हुनेछन् । 

प्रतियोगितामा मंसिर १७ गते बाहेक प्रत्येक दिन दुई खेल हुनेछन् । 

सात टोलीको सहभागिता रहने प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा सञ्चालन गरिने छ भने शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 
करिब पाँच वर्षपछि हुन लागेको प्रतियोगितालाई वाइवाइ मुख्य प्रायोजकका रुपमा साथ दिएको छ ।  

प्रतियोगिताका लागि ९३ लाख विनियोजन गरिएको क्यान कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिएका छन् । जसमा ७० लाख मुख्य प्रयोजक वाइवाइले उपलब्ध गराउने छ भने बाँकी क्यान आफैले बेहोर्ने छ । 



यही प्रतियोगिताबाट यु–१९ एसियन कप खेल्ने नेपाली टोली तयार पारिने क्यानले जानकारी दिएको छ । 

सहभागी टोलीमा १४ खेलाडी १–१ व्यवस्थापक र प्रशिक्षक गरी १६ जना हुनेछन् ।  



  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १७:३०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया