नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन्। रिजाल काठमाडौं १६ का वडाध्यक्षसमेत हुन्।
कांग्रेस काठमाडौं क्षेत्र नं ७ को आज सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे।
यस्तै अरु पदमा पनि रिजाल समूहका उम्मेद्वार निर्वाचित भएका छन्। सचिवमा जनकराज उप्रेती १६५ र सृजना बुर्लाकोटी अर्याल १७६ मत ल्याएर विजयी्र भए । सहसचिवमा दीपेन्द्र थापामगर १५७ र दिलीप अधिकारी १६१ मत ल्याएर विजयी भएका छन्।
काठमाडौं क्षेत्र नं ७ मा २६६ क्षेत्रीय प्रतिनिधि रहेका थिए। काठमाडौं क्षेत्र नं ७ मा काठमाडौँ महानगरपालिका–१६, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाको केही क्षेत्रहरु पर्दछन्।
रिजाल समूह नेता प्रकाशमान सिंह समूहका उम्मेदवार हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।