विश्वकप एसिया छनाेट : भुटानविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

युएईमा जारी आइसिसी टी-२० महिला विश्वकपको एसिया छनोटमा नेपालले आज दोस्रो म्याच खेल्दैछ । उसले दोस्रो खेलमा भुटानको सामना गर्न लागेको हो ।

नेपाल र भुटानबीचको खेल दिउँसो ३:१५ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा हङकङसँग पराजित भएको नेपाल भुटानविरुद्ध जित्नैपर्ने दबाबमा छ । 

नेपाली टोली पहिलो खेलमा हङकङविरुद्ध ६ विकेटले पराजित भएको थियो । भुटानले भने पहिलो खेलमा जित हात पार्दै उत्कृष्ट सुरुवात गरेको छ । उसले सोमबार कुवेतलाई ४० रनले हराएको थियो । 

६ टोली खेलिरहेको यो प्रतियोगिताको विजेताले २०२२ मा हुने महिला टी–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ ।  





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ६:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया