कांग्रेस महाधिवेशन : ललितपुर १ सभापतिमा थिङ विजयी

नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ विजयी भएका छन् । विजयी थिङले ३५२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी रामकृष्ण लामा (इन्द्र)ले २४६ मत मात्र पाए । 

ललितपुरको बज्रवाराहीमा आज मंगलबार बिहाज सार्वजनिक मतपरीणाम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानलले लगभग क्लिनस्विप गरेको छ ।

विपक्षी प्यानलबाट मधुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिरे र खुला तर्फ रञ्जना तिमल्सिना विजयी भएका छन् अने अरू सबै प्रतिनिधि सुन्दरमानको प्यानल विजयी भएको मतदान अधिकृत उद्योग प्रसाद तिमल्सिनाले जानकारी दिए ।

विजयी हुनेमा सचिवमा मधुराप्रसाद शर्मा, शेखर न्यौपाने, सहसचिवमा विजय कुमार लो र मनोहर सिलवाललगायत छन् । क्षेत्रीय महाधिवेशन सभापतिमा  फरक प्यानलमा रामकृष्ण लामा (इन्द्र)को प्यानलले उम्मेदवारी दिएको थियो ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ७:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया