प्रशिक्षक साउथगेटले गरे इंग्ल्याण्डसँग सम्झौता नवीकरण

इंग्ल्याण्ड प्रशिक्षक ग्यारेथ साउथगेटले सन् २०२४ सम्म रहने गरी इंग्ल्याण्ड फुटबल टोलीसँग सम्झौता नवीकरण गरेका छन् ।  

५१ वर्षीय प्रशिक्षक साउथगेटले  सन् २०२४ डिसेम्बरसम्म टोलीसँगै रहने निर्णय गरेका हुन् । यसअघि उनको सम्झौता कतार विश्वकप २०२२ सम्म रहेको थियो । 

साउथगेटले २०१६ नोभेम्बरबाट इंंग्ल्याण्डको राष्ट्रिय टोली हेर्दै आएका थिए । उनको नेतृत्वमा इंग्ल्याण्ड पुरुष टोलीले ५५ वर्षपछि उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२० को युरोकपको फाइनल खेलेको थियो । 

यस्तै, इंग्ल्याण्डले  २८ वर्षपछि साउथगेटको नेतृत्वमा २०१८ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । ‘यो अवसर पाउनु ठूलो अवसर हो,’ साउथगेटले भनेका छन् । 

सम्झौतासँगै उनले कतार विश्वकपका खेल र युरो कप २०२४ का लागि टोलीको प्रशिक्षण सम्हाल्ने छन् ।  सहायक प्रशिक्षक स्टेभ हल्याण्डले समेत २०२४ सम्म सँगै रहने सम्झौतामा सहमति जनाएका छन् ।  
 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ७:५०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया