स्पेन तथा बार्सिलोनाका युवा स्टार पेड्रीले गोल्डेन ब्वाई अवार्ड जितेका छन् ।
अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले बोरुसिया डर्टमन्ड तथा इंग्ल्यान्डका जुडे बेलिङघमलाई पछि पारे ।
उनले १३ डिसेम्वरमा एक समारोहका बीच यो अवार्ड ग्रहण गर्नेछन् । इटालियन पत्रिका टुट्टो स्पोर्ट्सले युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्ष मुनिका युवा खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आइरहेको छ । अवार्डको यो १९औं संस्करण हो ।
पेड्री २०२० मा दोस्रो डिभिजनको लास पाल्मासबाट बार्सिलोना आएका हुन् ।
पेड्रिले गत सिजन बार्सिलोना, स्पेनिस सनियर टोली तथा टोकियो ओलम्पिकसहित कुल ७३ खेल खेलेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।