काठमाडौं छिर्ने चार नाकामा एक महिना खोप अभियान चलाइँदै

सरकारले एक महिनासम्म कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले उपत्यकाका चारवटा मुख्य नाकामा मंसिर ५ देखि पुस ५ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सबै जनतामा सहज तरिकाले खोप वितरण गर्न काठमाडौं छिर्ने चारवटा नाकामा एक महिनासम्म खोप अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

मन्त्रालयले यो अवधिमा भेरोसेल र एस्ट्राजेनेका खोप लगाउने जनाएको छ । खोप बल्खुस्थित वयोधा अस्पताल, कोटेश्वरस्थित जडीबुटी प्रशोधन केन्द्र, गोंगबुस्थित नयाँ बसपार्कभित्र र कलंकी चोकमा दिन लगाइने छ । मन्त्रालयले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म यी स्थानबाट खोप लगाउन सकिने जनाएको छ ।  

मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो उमेर खुल्ने परिचयपत्र लिएर जान पनि आग्रह गरेको छ । कोभिड १९ लाई नियन्त्रण गर्न खोप अत्यन्त महत्त्वपूर्ण भएकाले सबैलाई खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १३:२४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया