काश्मिरका मानवअधिकारवादी पर्भेज पक्राउ

काश्मिरमा एक चर्चित मानवअधिकारवादी कार्यकर्ता पक्राउ परेका छन् । आतंकवादलाई पश्रय दिएको र राज्यविरुद्ध षडयन्त्र गरेको आरोपमा सरकारले कश्मीरका मानवअधिकारवादी कार्यकर्ता खुराम पर्भेजलाई पक्राउ गरेको हो ।

पर्भेजको घरमा छापा मारेपछि राष्ट्रिय अनुसन्धान निकाय (एनआइए)का सुरक्षा अधिकारीले उनलाई भारत प्रशासित काश्मिरबाट पक्राउ गरेका हुन् । पर्भेजले यसबारे कुनै टिप्पणी गरेका छैनन् । 

उनको पक्राउको चौतर्फि  विरोध भएको छ । उनको सकुशल रिहा गर्न विभिन्न अधिकारवादी समूहले आह्वान गरेका छन् । 

पर्भेज सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को प्रखर आलोचक हुन् । उनले नेतृत्व गरेको नागरिक समाजका लागि जम्मु कश्मीर गठबन्धन समूह (जेकेसिसिएस)ले काश्मिरमा मानवअधिकार उल्लंघन र सुरक्षाकर्मीको दमनको विरोध गर्दै आएको थियो । 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १४:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया