यु–१९ राष्ट्रिय क्रिकेट : प्रदेश १ को सुखद् सुरुवात

बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा प्रदेश १ ले बागमती प्रदेशमाथि २६ रनको जित निकाल्दै सुखद् सुरुवात गरेको छ ।

१७६ रनको विजयी लक्ष्य पछ्याएको बागमती ३१.४ ओभरमा अल आउट हुँदै १४९ रनमा समेटियो ।

बागमतीका लागि विपिन शाहीले ४३ तथा विवेक मगरले ४२ रनको योगदान दिँदा तिलक भण्डारी १० रनमा अविजित रहे ।

प्रदेश १ का लुभ कामतले ५, दीपेश कँडेलले ३ तथा दीपक जोशीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

प्रदेश १ का लागि लुभ कामत र दीपक जोशीले सर्वाधिक ३३–३३ रनको योगदान दिए । सोनु अन्सारीले ३२ र  दीपेश कँडेलले २३ रन बनाए ।



बागमतीका लागि तिलक भण्डारी र क्रिस कार्कीले ३–३, कप्तान प्रतिश जिसीले २ तथा गौतम केसी र विवेक मगरले १–१ विकेट हात पारे ।

 



  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १५:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया