कांग्रेस महाधिवेशन : आरजुको क्षेत्रमा आम निर्वाचनको झल्को [तस्वीरहरू]

नेपाली कांग्रेसको कैलाली क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनिधिदेखि क्षेत्रीय समितिको सभापति सहितको कार्य समितिसम्म चर्को प्रतिस्पर्धा देखिएको छ । क्षेत्रीय सभापतिलगायत महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनले आम चुनावको झल्को दिएको छ ।

यो कैलाली–५ पार्टी सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणाको निर्वाचन क्षेत्र हो । निर्वाचन भइरहेको धनगढीको ओम पार्टी प्यालेस प्रचारप्रसार सामग्रीले झकिझकाउ पारेको छ । आफ्नो तर्फमा मत पार्न उम्मेदवारहरू मत लाइनमा मागिरहेका छन् । उम्मेदवारहरूले आफ्नो समर्थकबाट पनि मत मागिरहेका छन् ।

१० खुलातर्फको महाधिवेशन प्रतिनिधिका लागि वर्तमान सभापति नरनारायण शाह (मनु), प्रदेशसभा सदस्य डिल्लीराज पन्त धनगढी उपमहानगरपालिकाका नगर मेयर, तथा जिल्ला सभापतिका प्रत्यासी नृपबहादुर वड, सभापतिका उम्मेदवारहरू गणेशबहादुर देउवा, नारायणदत्त भट्ट, आरजुको स्वकीय सचिव प्रकाश देउवासहित २९ जना चुनावी मैदानमा छन् ।

यस्तै गरेर वर्तमान सचिव पूर्ण कुँवर, कृष्णबहादुर महरा मनमोहन स्वाँर, हिक्मतबहादुर शाह, रुपबहादुर खड्का, मानबहादुर सिंह पनि खुलातर्फको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार छन् ।

यस्तै नयाँ पुस्ताका क्षितिज भण्डारी, रविन पन्त, बुद्धिजीवि कमलराज जोशी, रविन्द्रप्रताप सिंहसमेत खुलातर्फको महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा छन् । मंगलबार ११ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म हुने चुनावमा ५ सय ३८ मतदाता छन् ।

आरक्षित र क्षेत्रीय सभापतिसमेत गरेर कैलाली ५ बाट २६ जना महाधिवेशन प्रतिनिधि छानिने व्यवस्था छ । महिलातर्फ चार खुला महाधिवेशन प्रतिनिधिमा १० जना चुनावी मैदानमा छन् ।



जनजातिको एक महाधिवेशन प्रतिनिधिमा विनय लामा र गौरीकुमारी लामा प्रतिस्पर्धा छ । यस्तै दलित तर्फको एक महाधिवेशन प्रतिनिधिमा प्रदेशसभा सदस्य टेकबहादुर रैका र मनिराम देवल चुनावी मैदानमा छन् ।

यस्तै एक जना क्षेत्रीय सभापतिमा ईश्वरप्रसाद जोशी, भीम पडाल, सन्तोष मुडभरी, हरिप्रसाद रेग्मी र हिरासिंह पातली चुनावी मैदानमा छन् । दुई सचिव र दुई सहसचिवका लागि पनि ७/७ जना चुनावी मैदानमा छन् ।



कैलालीमा सभापति नरनारायण शाह ‘मनु’, धनगढीका मेयर नृपबहादुर वड, पूर्वमन्त्री रामजनम चौधरी, प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल, मोहनसिंह राठौरलगायत नेताहरुको समर्थनमा अर्को प्यानल चुनावी प्रतिस्पर्धामा छ । यो समूहलाई नेता लेखकको समर्थन रहेको छ । वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनमा यही समूहको वर्चश्व देखिएको छ ।

क्षेत्र नम्बर ४ मा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिका लागि देउवा पक्षकै दुई प्यानल भएपछि सोमबार चुनाव भएको हो । क्षेत्रीय सभापतिमा बसन्त रोकाया र दिनेशराज जोशीबीच प्रतिस्पर्धा भएको छ । यहाँ रोकाया अगाडि रहेका छन ।

२५ सदस्य महाधिवेशन प्रतिनिधिका लागि ५० जनाबीच प्रतिस्पर्धा भएको छ ।  क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापतिमा रिता चौधरी र गोकेन्द्र भण्डारी तथा २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यहाँ निर्वाचन भईरहेको छ ।

यस्तै क्षेत्र नम्बर १ मा सभापतिमा भुवनेश्वर अधिकारी र प्रकाश शाहले उम्मेदवारी दर्ता गरेका थिए । यो क्षेत्रमा २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५० जनाले उम्मेदवारी दिएका कांग्रेस कैलालीले जनाएको छ ।

 

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १५:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया