कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा नेता रमेश लेखकको प्यानल ‘क्लिन स्वीप’ भएको छ।
मतपरिणाम अनुसार क्षेत्रीय कार्यसमितिमा नेता एनपी साउदको प्यानलले लेखक प्यानललाई ‘क्लिन स्वीप’ गरेको हो ।
क्षेत्र नम्बर २ का साउद प्यानलका लालबहादुर सिंह दोब्बरभन्दा बढी मतान्तरले क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।
उनले लेखक प्यानलका उम्मेदवार नवराज जोशीलाई १ सय ८४ मतान्तरले पराजित गरेका छन् । सिंहले खसेको ५ सय ४ मतमध्ये ३ सय ४१ र जोशीले १ सय ५७ मत पाएका छन् ।
सचिवमा साउद प्यानलका गणेशबहादुर सिंह ३ सय ५० र थानेश्वरप्रसाद भट्ट ३ सय ३१ मतसहित विजयी भएका छन् ।
लेखक प्यानलका उम्मेदवारहरू घनश्याम जोशी र नारायण बोहराले क्रमशः १ सय ३० र १ सय ३१ मत ल्याएका छन् ।
साउद प्यानलकै काशीराम भाट ३ सय १५ मत र रमेशप्रसाद भट्ट २ सय ७६ मतसहित सहसचिवमा निर्वाचित भएका छन् ।
लेखक प्यानलका जयबहादुर ऐरले १ सय ८२ र प्रदीप खड्काले १ सय ५० मत ल्याएका छन् । क्षेत्र नम्बर २ मा लेखक प्यानलका सबै उम्मेदवार पराजित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।