जाति र धर्म टिपोट नगर्ने गणकलाई जनकपुरधामका स्थानीयले लखेटे

जनकपुरधाम उपमहानगरपालिकाका स्थानीयले एक गणकलाई लखेटेका छन् ।

जनगणनामा गणकले जाति र धर्म नै टिपोट नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ रानी बजारमा स्थानीयले गणकलाई लखेटेका हुन् ।

गणकले फारममा धर्म नै उल्लेख नगरी आफूखुसी घरमा लगेर फारम भर्ने बताएपछि स्थानीयले गणक आलोक देव साहलाई लखेटेर भगाएका छन् ।

गणक आलोक देव आज घरदैलोमा गणना गर्न पुगेको बेला फारममा सबैकुरा उल्लेख गरे पनि जाति र धर्ममा स्पष्ट उल्लेख नगर्दा लफडा सुरु भएको थियो ।

गणकले समय अभाव र धेरै स्थान जानुपर्ने भएकोले घरमै गएर लेख्ने बताएका थिए । 

गणकको जवाफपछि स्थानीयले गणकलाई समातेर प्रहरीलाई बोलाएका थिए । स्थानीय प्रहरी आएर पनि कुनै कारबाही नगर्दा आक्रोशित बनेका जनकपुरधाम–१३ का बासिन्दाले गणकलाई लखेटेर भगाएका थिए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १७:२२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया