टि–२० विश्वकप एसिया छनोट : नेपालको शानदार जित

आइसिसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकाल्ने क्रममा भुटानलाई ८ विकेटले पराजित गरेको छ ।

भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ आभेरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपाललाई शानदार जित दिलाउन इन्दु वर्माले अविजित १८ रनको योगदान दिँदा सीता रानामगरले १७ र कप्तान रुविना क्षेत्रीले १० रन जोडे । कविता जोशी ८ रनमा अविजित रहिन ।

भुटानका लागि टाशी चेकीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि युएईको दुबईस्थित आइसिसी एकेडेमी मैदानमा मंगलबार टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो ।

भुटानका लागि नगावाङ चोडेनले १३, सोनम पाल्डनले ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



नेपालका लागि सीता रानामगरले ३, करुणा भण्डारीले १ विकेट हात पर्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

आफ्नो पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित हुँदा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।



नेपालले आफ्नो तेस्रो खेलमा विहिबार कुवेतको सामना गर्दा भुटानले युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

 

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १७:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया