सिद्धार्थ बैंकबाट सुरु भयो 'वान लिंक' पेमेन्ट सर्भिस

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको 'वान लिंक' नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुरु भएको छ । यो सेवा सुरु भएसँगै अब ग्राहकहरूले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन् ।

यसलाई सरल भाषामा बुझ्दा, सानादेखि ठूला व्यापारीलगायत विजनेस तथा कर्पोरेट हाउसहरूले 'वान लिंक' बाट आफ्नो ग्राहकहरूलाई एसएमएस अथवा इमेललगायत अन्य सञ्चारका माध्यम उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै पैसा उठाउन सक्ने भएकाले यसले रकम भुक्तानी तथा प्राप्त गर्ने पक्रियालाई अझ सहज बनाउछ । यसले परम्परागत भुक्तानी प्रक्रियाको पनि अन्त्य हुने विश्वास लिइएको छ ।

'वान लिंक' मार्फत, ग्राहकहरूले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यम जस्ता इ–बैंकिङ्ग, एम्बैंकिङ्ग, आइपीएस् कनेक्ट, कार्ड भुक्तानी र वालेट भुक्तानीहरूको विकल्प पाउन सक्छन् ।

सिद्धार्थ बैंकले सुरुमा क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु गरे पनि पछि यसबाट ऋणको इएम्आई भुक्तानी गर्न मिल्ने सेवा पनि समेट्ने कम्पनीले जनाएको छ । यसले व्यक्ति, घरेलु, साना तथा मझौला र कर्पोरेट ग्राहकहरूलाई पनि सशक्त कम्पनीको विश्वास छ ।

नेपाल पेमेन्ट सोलुसन्स् भुक्तानी प्रणाली एग्रीगेटर हो जसले बैंक तथा वित्तिय संस्थाहरू, पीएस्‍पी, रेमिट्यान्स कम्पनी र व्यावसायिक क्षेत्रमा केन्द्रित रहेर काम गर्ने गर्दछ । कम्पनीले अधिकांश 'क' वर्ग, 'ख' वर्ग र 'ग' वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरूसँग सहकार्य गर्ने छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १८:३५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया