कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस कैलालीका जिल्ला सभापति पदका दाबेदार प्रकाशबहादुर बम महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
वर्तमान उपसभापति रहेका बम एक मतले विजयी भएका हुन् । उनको २५८ र उनका तीनजना प्रत्याशीको मत २५७ छ । बम कैलाली पार्टी सभापतिको आकांक्षी पनि हुन् ।
कांग्रेसमा जिल्ला सभापति हुनका लागि महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । कैलालीमा क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा सुनीलकुमार भण्डारी ३०६, वीरेन्द्र भट्ट ३०१, उत्तमबहादुर कठायत २९०, गोपालबहादुर देउवा २७९, टेकराज जोशी २८७, रामबहादुर कलेल २७०, ध्रुवराज भट्टराई २५८, प्रकाशबहादुर देउवा २६५ र प्रकाशबहादुर बम २५८ विजयी भएका छन् । सुरतबहादुर कार्की, रामचन्द्र ओझा पदमराज जोशीको २५७ बराबर मत आएको छ ।
खुला महाधिवेशन प्रतिनिधिमा १० जना छानिनुपर्नेमा १० नम्बरमा छानिनुपर्नेमा तीनजनाको बराबर मत आएपछि गोलाप्रथाबाट छानिने कैलाली कांग्रेसका प्रचार विभाग प्रमुख नृप सुनारले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।