औपचारिक रुपमै एकीकृत समाजवादी पार्टीमा प्रवेश गरे पूर्वमन्त्री झा

नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्वमन्त्री रामचन्द्र झा मंगलबार औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 

धनुषाको निर्वाचन क्षेत्र नम्बर-२ स्थित तिनकौरीयामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता झासहित करिब २५ सय व्यक्ति एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशी झालाई फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए । नेकपा एमालेबाट नेकपा माओवादी केन्द्र हुँदै झा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

त्यस्तै, वरिष्ठ दन्त चिकित्सक डा. अजयकुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरी ५ सयजना एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । मिथिला अस्पताल र मिथिला टेक्निकल एकेडमिका सञ्चालकसमेत रहेका झाले नेविसंघबाट आफ्नो राजनीतिक यात्रा सरुवात गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार २०:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया