मुम्बई प्रहरीमा कंगनाविरुद्ध एफआइआर दर्ता

मुम्बई प्रहरीले भारतीय अभिनेत्री कंगना रनोटविरुद्ध एफआइआर दर्ता गरेको छ । मोदी सरकारले कृषि कानुन फिर्ता लिने घोषणा गरेपछि कंगनाले किसान आन्दोलनको तुलना खालिस्तानी आन्दोलनसँग गरेकी थिइन् । कंगनाविरुद्ध धार्मिक भावनामाथि चोट पुर्‍याएको आरोपमा आईपीसीको धारा २९५ ए/२९४ ए बमोजिम मुद्दा दर्ता भएको हो ।

खार प्रहरीले दिल्ली सिख गुरुद्वारा प्रबन्ध समितिका नेताहरूसहित अमरजीत सिंह सन्धु, कुलवन्त सिंह संधूको उजुरीको आधारमा धार्मिक भावनामाथि चोट पुर्‍याएको आधारमा २९५ ए अन्तर्गत मुद्दा दर्ता गरेको हो । कंगनाले सबै किसानलाई खालिस्तानी आतंकारीको संज्ञा दिएर धार्मिक भावनामा चोट पुर्‍याएको उजुरीमा उल्लेख छ ।

यसअघि अकाली दलका नेता, दिल्ली सिख गुरुद्वारा व्यवस्थापन समितिका अध्यक्ष मनजिन्दर सिंह सिरसाले महाराष्ट्रका गृहमन्त्री दिलीप वाल्से पाटिललाई भेटेर कंगनाको टिप्पणीको लागि मुद्दा दर्ता गर्न माग गरेका थिए ।

उनीविरुद्ध भोइवाडा प्रहरी चौकी दादरमा पनि एक दिनअघि उजुरी परेको थियो । जसमा आइपिसीको धारा १५३, १५३ए, १५३बी, ५०४, ५०५, ५०५(२) र आइटी अधिनियम २००० को धारा ७९ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । यस विषयमा श्री गुरु सिंह सभा मुम्बईले उजुरी दर्ता गरेका थिए । कंगनाबाहेक अतुल मिश्रालाई पनि यसमा आरोपी बनाइएको छ ।

तीनवटै कृषि कानुन फिर्ता लिने मोदी सरकारको निर्णयबाट कंगना असन्तुष्ट छिन् । यसबारेमा उनले आफ्नो विचार सोशल मिडिया इन्स्टाग्राममा शेयर गरेकी थिइन् । उनले उक्त निर्णय अनुचित भएको बताएकी थिइन् । कंगनाले लेखेकी थिइन्, 'दुखद, बिल्कुलै अनुचित । संसदमा निर्वाचित सरकारको सट्टा जनताले सडकबाट कानुन बनाउन थाले भने.... यो पनि जिहादी राष्ट्र हो । यसरी चाहने सबैलाई बधाई छ ।'





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार २१:४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया