लिबियाको राष्ट्रपतिका लागि दुई महिलासहित ९८ जनाको उम्मेदवारी स्वीकृत

लिबियामा आगामी डिसेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि ९८ जनाको उम्मेदवारी परेको छ । मंगलबार निर्वाचन आयोगले दिएको जानकारीअनुसार दुई महिलासहित ९८ जनाको उम्मेदवारी परेको हो । 

उम्मेदवार दर्ता मञ्चले सर्त पूरा गरेका ९८ जना उम्मेदवारको कागजात प्राप्त गरेको निर्वाचन आयोगका प्रमुख इमाद अल सायेहले त्रिपोलीमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए । 

तत्कालीन शासक मोहम्मद गद्दाफीका छोरा सेइफ अलइस्लाम गद्दाफी पनि सो दौडमा सामेल छन् । देशको पूर्व र दक्षिणका केही भाग नियन्त्रणमा लिएका लिबियाली राष्ट्रिय सेनाका नेता खलिफा हफ्तारको पनि उम्मेदवारी परेको छ । 

अन्य आकांक्षीहरूमा संयुक्त राष्ट्रसंघको समर्थन रहेको संयुक्त सरकारका प्रधानमन्त्री अब्दुलहामिद दबेबा र भूतपूर्व आन्तरिक मन्त्री फथी बासाघा पनि छन् । 

राष्ट्रपतिका दुई महिला उम्मेदवारमा नेसनल मुभमेन्ट पार्टीकी संस्थापक ४६ वर्षीया लीला बेन खालिफा र सामाजिक विज्ञानकी अनुसन्धानकर्ता हुनादा अलमहदी छन्।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार २१:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया