च्याम्पियन्स लिगमा युभेन्टसमाथि चेल्सीकाे शानदार जित

च्याम्पियन्स लिग अन्तर्गत मंगलबारकाे खेलमा घरेलु टाेली चेल्सीले  युभेन्ट्समाथि ४–० को शानदार जित निकालेको हो ।

स्टामफोर्ड ब्रिजमा  चेल्सीलाई फराकिलो जित दिलाउन ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले १-१ गोल गरे ।

 २५औं मिनेटमा  चालोवाहको गोलबाट अग्रता लियाे । उनले एन्टेनियो रुडिगरको पासमा गोल गरेका थिए ।

५५औं मिनेटमा जेम्सले गोल गर्दै टाेलीको अग्रता दोब्बर पारे । ५८ औं मिनेटमा ओडोइले रुवेन लफटसको पासमा गोल गर्दै चेल्सीलाई ३-० ले अघि बढाए । 

थप गरिएकाे समयमा वेर्नरले गोल गर्दै टाेलीलाई फराकिलो जित दिलाए । उनले हाकिम जियाचको पासमा गोल गरेका थिए ।

यो जितसँगै समूह ‘एच’ मा युभेन्ट्सलाई पछि पार्दै चेल्सी ​शीर्ष स्थानमा उक्लिएको छ । दुवै टोलीको समान १२ अंक भएपनि हेड टु हेड काे आधारमा युभेन्ट्स पछि परेकाे हाे ।



 यो समूहबाट यी दुवैले नकआउट चरणमा स्थान पक्का गरिसकेको छन् । यही समूहको अर्काे खेलमा माल्माे र जेनिथले १-१ काे बराबरी खेलेका छन् ।



  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ७:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया